काठमाडौं उपत्यकामा शुक्रबार सम्म कर्फ्यू आदेश जारी
वि.सं.२०८२ भदौ २५ बुधवार २१:४३
shares

काठमाडौं। नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेसम्म) कर्फ्यू आदेश जारी गरेको छ ।
पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै सेनाले बुधबार विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेश जारी गरेको हो । सैनिक जनसम्पर्क कार्यालयका अनुसार भाद्र २६ गते अर्थात बिहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै भदौ २६ गते बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६बजे सम्म कर्फ्यू आदेश जारी गरेको सेनाले जनाएको छ ।



































