२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद विघटन गर्नु जनताको सर्बोच्चता संकटमा पर्नु हो : सोविता गौतम

1.57K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद् विघटन गर्न नपाइने बताएकी छिन् ।

बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले जेनजी सहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटनको काम सैह्य नहुने बताएकी हुन् ।‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो,’ उनले भनेकी छिन् ।

जेनजीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थप्रेरित निर्णय गर्न नपाइने उनको भनाइ थियो ।सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर हिँडेका छन् । संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबारजस्ता कार्यालयमा जेनजीहरूले उग्र प्रदर्शन गरेर तोडफोड र आगजनी गरेका छन् ।यसैबीच नेपाली सेनाले जेनजीहरूलाई संवादमा आउन आह्वान गरेको छ ।आजै मात्रै जेनजीहरूले प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बनाउनेगरी प्रस्ताव अघि सारेको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) समेतको समर्थनमा उनलाई अघि सार्दै संसद् विघटनको प्रस्ताव पनि लगिएको छ ।सोही विषयमा आफू निर्वाचित सांसद भएकाले बोल्नैपर्ने देखेर बिहीबार साँझ आफ्ना कुरा राखेको उनले बताएकी छिन् ।‘कुनै पनि स्वार्थप्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसदलाई कायम चाहिँ राख्नुपर्छ,’ उनले भनेकी छिन्, ‘अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनुभएको छ, चुनावबाट तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ ।’

आफू भ्रष्टाचारीको विरुद्ध जस्तै नेपालको व्यवस्था बचाउन पनि कटिबद्ध रहेको बताएकी छिन् ।‘म जति कटिबद्ध छु, नेपालको यो व्यवस्था बचाउन पनि उति नै कटिबद्ध छु । सहि मान्छे जनताले निर्वाचित गरे भने कानुन बनाएर कानुको दायरामा ल्याएर तीनका सम्पत्ति राष्ट्रियकरण गर्न पनि सकिन्छ,’ उनले भनिन्, ‘बस नेपाली जनताले सहि मान्छे निर्वाचित गरेर पठाउनुपर्‍यो । यो जनताको सर्वोच्चता कायम हुन्जेसम्म मात्रै सम्भव छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports