२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यु कायमै

1.3K
shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यु कायमै राखिएको छ । बिहीबार साँझ नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यु आदेशलाई कायमै राखेको जानकारी दिएको हो ।

अद्यावधिक जानकारी अनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलकी ५ बजेसम्म निषेधाज्ञा कायमै रहेको बताएको छ ।त्यस्तै शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश कायमै रहेको जानकारी दिएको हो ।

त्यस्तै नेपाली सेनाले अत्यावश्यक कार्यका लागि आवतजावत गर्न समेत समय तोकेको छ । शुक्रबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने सेनाले जनाएको छ ।

जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार काठमाडौँ लगायत देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि मुलुकमा शान्ति,सुव्यवस्था कायम गर्न सेनाले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गर्नुपरेको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports