२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विभिन्न दलका १६ जना नेताले भने संविधानसम्मत ढङ्गले अन्तरिम सरकार गठन गरियोस

1.27K
shares

काठमाडौँ । मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै १६ जना नेताहरूले संविधानसम्मत ढङ्गले तत्काल अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्।

नेताहरू धनश्याम भुसाल, सुरेन्द्र प्रसाद पाण्डे, जनार्दन शर्मा, मिनेन्द्र रिजाल, गोकर्ण विष्ट, रामकुमारी झाँक्री, चन्द्र भण्डारी, देवेन्द्र पौडेल, एन.पी. साउँद, राजकिशोर यादव, अमरेश सिँह, सुदन किराती, मिना तामाङ, अमनलाल मोदी, सन्तोष परियार र प्रकाश ज्वालाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानसम्मत ढङ्गले अन्तरिम सरकार गठन गर्न राष्ट्रपति समक्ष माग गरेका हुन्।

नेताहरूले जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली र घाइतेहरूका लागि स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनले उठाएका नाराहरू सान्दर्भिक रहेको निष्कर्ष निकालेका छन्। साथै, विगतमा जनताको निराशा बुझ्न असफल भएको र दलभित्र लोकतान्त्रिक मूल्य कायम गर्न नसकेको कमजोरी स्वीकार गर्दै क्षमायाचना गरेका छन्।विज्ञप्तिमा वर्तमान राजनीतिक सङ्कटको समाधानका लागि तत्काल संविधानसम्मत ढङ्गले अन्तरिम सरकार गठन गर्नुपर्ने, आन्दोलनका क्रममा भएको जनधन तथा सम्पत्तिको क्षति छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन शक्तिशाली आयोग बनाउनु पर्ने र उच्च तहमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारविरुद्ध कठोर कारबाही गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरिएको छ।

यस्तै, संविधानको पुनरावलोकन तथा सुधार आयोग गठन गरी सरोकारवालासँग परामर्श गरेर आवश्यक संशोधन गर्ने, परिवारवाद र सत्तामा लामो समयसम्म केही व्यक्तिहरूको हालीमुहाली अन्त्य गर्ने, नयाँ पुस्ताबाट नेतृत्व अघि बढाउन कानुनी संशोधन गर्नुपर्ने माग समेत नेताहरूले गरेका छन्।नेताहरूले सार्वजनिक तथा निजी संरचना र तथ्याङ्क नष्ट गरी भएको ठुलो आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै यस्तो कठिन परिस्थितिमा राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने संवैधानिक भूमिकामा राष्ट्रपति सक्रिय हुने विश्वास प्रकट गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports