सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशमा उत्पन्न परिस्थितिका कारण रोकिएको अध्ययन–अध्यापन फेरि सुरु गर्ने तयारीमा काठमाडौँ महानगरपालिका

1.24K
shares

काठमाडौँ । देशमा उत्पन्न परिस्थितिका कारण रोकिएको अध्ययन–अध्यापन फेरि सुरु गर्ने तयारीमा काठमाडौँ महानगरपालिका लागेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु र निषेधाज्ञा हटाएको सूचनापछि महानगरपालिकाले आफ्ना मातहतका विद्यालयलाई निर्देशन जारी गरेको छ । निर्देशनअनुसार आइतबारदेखि सबै शिक्षक तथा कर्मचारीलाई विद्यालयमा उपस्थित हुन भनिएको छ तर विद्यार्थीलाई भने उक्त दिन विद्यालयमा नबोलाउन भनिएको छ ।विद्यालयमा उपस्थित भई प्रशासनिक काम, सरसफाइ लगायत कार्य गर्नुपर्ने र विद्यालयमा कुनै क्षति भए विवरण महानगरमा उपलब्ध गराउन भनिएको छ । साथै अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्थाबारे बुझ्न पनि निर्देशन दिइएको छ ।

महानगरपालिकाले अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउने–लैजाने जिम्मा लिन तयार भए र परिस्थिति सामान्य देखिएमा ३० भदौ सोमबारदेखि विद्यालयमा अध्ययन–अध्यापनसँगै मनोसामाजिक परामर्श सुरु गर्न सकिने जनाएको छ ।तर विद्यालय आउन–जान अभिभावकको जिम्मामा पठाउन नसक्ने विद्यार्थीलाई भने भर्चुअल क्लासमार्फत सहजीकरण गर्न महानगरपालिकाले विद्यालयलाई सूचनामार्फत निर्देशन दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports