सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी प्रदर्शनका क्रममा निधन भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय

1.04K
shares

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा निधन भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन् ।

साथै, मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।‘अहिले मृतकका परिवारहरु काठमाडौं भ्यालीमै छन् । उनीहरु बसेको, उठेको, खाएको त्यो खर्च हेरिदिने,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन कसैले चाहन्छ भने सवारीको पनि व्यवस्था गरिदिने आदि निर्णय भएको छ ।’

त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको उनले बताइन् ।‘पछिसम्म अपांगको परिभाषाभित्र परेछन् भने उपचारको सुविधाको व्यवस्था गर्ने भनेर यति हामीले गरेका छौं,’ उनले बताइन् ।

निजी क्षेत्रमा पनि केही गर्न सकिन्छ कि भनेर कोशिस भइरहेको उनले बताइन् ।‘प्राइभेट सेक्टरमा पनि केही गर्न सकिन्छ कि भनेर हाम्रा मित्रहरूले कोशिस गरिरहनु भएको छ,’ उनले भनिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports