सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्यसम्पादन र स्थानीय चुनाव बारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

442
shares

आज अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। पहिलोपटक भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन र स्थानीय चुनावबारे छलफल गर्नेलगायतका एजेन्डा रहेको महामन्त्री गगन थापाले बताए।१४ औं महाधिवेशनबाट सभापति जितेपछि शेरबहादुर देउवाले दुई पटक केन्द्रीय समिति बैठक राखिसकेका छन्।

आज तेस्रोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। मंसिरमा कांग्रेसले महाधिवेशन गरेको थियो।
कांग्रेसमा १४ पदाधिकारी मध्ये कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ। सभापतिले निर्वाचित केन्द्रीय सदस्य मध्ये एकलाई कोषाध्यक्षमा प्रस्ताव गर्ने र केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने व्यवस्था छ।साथै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठनको गृहकार्य गरेको छ।कार्यसम्पादन समितिमा पदाधिकारी पदेन सदस्य हुन्छन् भने ३१ जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले कार्यसम्पादन समितिका सदस्य प्रस्ताव गर्नेछन्। सभापति देउवाले आज कार्यसम्पादन समिति सदस्य प्रस्ताव गर्ने तयारी गरेका छन्।

शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महतलगायत केन्द्रीय कार्यसम्पादनमा समेटिने सम्भावना छ। आफूलाई महाधिवेशनमा सघाएकाहरूलाई कार्यसम्पादनमा जिम्मेवारी दिने तयारीमा देउवा छन्।केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्छ। कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समिति बन्ने विधानको व्यवस्था छ। सभापति देउवाले २० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।साथै आज स्थानीय तह चुनाव कहिले गर्ने भन्ने पनि छलफल हुनेछ। वैशाखमै स्थानीय तह चुनाव गर्न र गठबन्धनलाई चुनावसम्म नलैजान शेखर कोइराला पक्षले माग गरिरहेका छन्।

प्रधानमन्त्रीसमेत रहेका देउवाले भने कहिले स्थानीय तह चुनाव गर्ने मुख खोलेका छैनन्। सत्तागठबन्धनमा भने वैशाखमा स्थानीय तह चुनाव नगर्न स्थानीय तह निर्वाचन ऐन नै संशोधन गरेर जानुपर्ने आवाज उठेका छन्।यस्तो अवस्थामा पार्टीभित्र छलफल गरी आवश्यक रणनीति तय गर्न आज भर्चुअल रूपमा केन्द्रीय समिति बैठक बस्न लागेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports