linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य मन्त्रालयको बाढीपहिरो प्रभावितलाई शुद्ध खोनपानी र स्वच्छ खाना सुनिश्चित गर्न अपिल

1.25K
shares

काठमाडौं । गत शुक्रवार र शनिवारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विपद्पछि निम्तिने स्वास्थ्य जोखिमहरू रोक्न सरोकारवाला सबैलाई सक्रिय भुमिका खेल्न आह्वान गरेका हुन् ।बाढी, डुबान र पहिरोजस्ता विपद्पछि पानीमा डुब्ने, पानीमा बग्ने तथा करेन्ट लाग्ने जस्ता तत्कालीन समस्याहरूको समाधानमा सरकार सक्रिय रहेको उनले उल्लेख गरे । विपद्का कारण आउने दीर्घकालीन स्वास्थ्य जोखिमतर्फ सबै सचेत रहन आवश्यक रहेको पनि उनले बताए ।

‘हामीले अविरल वर्षापछि आएको बाढी र पहिरोबाट विस्थापित भएका परिवार जो सामूहिक रुपमा बस्ने तथा खाने गर्नुभएको छ । उहाँहरुलाई सफा तथा स्वच्छ खाना, शुद्ध खानेपानीको र उहाँहरुमा पर्न गएको मानसिक तनावलाई तुरुन्त सम्बोधन गर्नको लागि सम्बन्धीत जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय, जनप्रतिनिधि र स्थानीय तहहरुसँग त्यहीअनुसार प्रतिकार्य गर्नको लागि सहकार्य गरिरहेका छौं,’ उनले भने ।विपद्पछिको खानपानका कारण स्वास्थ्यमा पर्नसक्ने नकारात्मक प्रभावहरु कम गर्न तथा प्रकोपहरु फैलिन नदिन भाइबर ग्रुप र सामाजिक सञ्जालमार्फत जेनचेतनामूलक सामग्रीहरु प्रशारण तथा प्रकाशन गरिरहेको पनि उनले बताए ।

‘बाढी, डुबान र पहिरोजस्ता विपद् गइसकेपछि पानीमा डुब्ने, पानीमा बग्ने, करेन्ट लाग्ने जस्ता समस्याहरुको हामीले तत्कालै समाधान गर्ने प्रयास गरेका छौं । तर अब शुद्ध खानेपानी दिन सकिएन भने खानेपानीबाट प्रदुषण भएर हैजा, झाडापाखाला, जन्डिस लगायतका संक्रमणहरु पनि निम्तिने गर्छ । प्रयोग गर्ने पानी शुद्ध नभएकै कारण आँखा पाक्ने रोग, व्यक्तिगत सरसफाईको कमिको कारण छालामा संक्रमण हुने, चिलाउने जस्ता समस्याहरु आउने गर्दछन्,’ प्रवक्ता बुढाथोकीले भने, ‘ति चिजहरुलाई सम्बोधन गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भाइबर ग्रुपमार्फत र सामाजिक सञ्जालमार्फत पनि विभिन्न सूचना सामग्रिहरु प्रचार प्रािर गरिरहेको छ । स्थानीय तहमा पनि २० भन्दा बढी भाषामा जनचेतनामूलक सामग्रिहरु प्रशारण, प्रकाशन भइरहेका छन् ।’

स्थानीय तहमा २० भन्दा बढी भाषामा जनचेतनामूलक सामग्रीहरू प्रशारण र प्रकाशन भइरहेको उल्लेख गर्दै उनले प्रत्येक वडा तथा टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूलाई समेत स्वास्थ्य समस्याको रोकथाममा सक्रिय भुमिका खेल्न निर्देशन दिइएको पनि बताए ।‘प्रत्येक वडा तथा टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य समस्याको रोकथामको लागि सत्रिय भुमिका खेल्न निर्देशन दिइएको छ । त्यसका लागि सबै जना सचेत भएर लागिदिन पनि म अनुरोध गर्दछु,’ उनले अपिल गरे, ‘आम नागरिकले पनि आफूले प्रयोग गर्ने खानेपानी शुद्ध होस् भन्ने सोचेर जुनसुकै स्रोत वा मुहानको पानी भएपनि शुद्धीकरण गरेर मात्र प्रयोग गरिदिनुस् । र खानेकुरा पनि विभिन्न संघसंस्था, जनप्रतिनिधिले वितरण गर्दा त्यो खानेकुराले कुपोषणको समस्या ल्याउँछ कि ल्याउँदैन लगायत का दीर्घकालिन असरहरुबारे सोचेर ताजा खानेकुरा मात्र वितरण गर्न पनि अनुरोध गर्न चाहन्छौं ।’

गत शुक्रवार र शनिवारको बाढीका कारण पूर्वी नेपालमा ठूलो जनधनको क्षति पुगेको छ । कयौं घरपरिवार विस्थापित भएका छन् । वर्षापछि आएको बाढी पहिरो तथा डुबानमा परेकाहरुको उद्धार गरी नजिकका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उपचार गराइरहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports