सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डको सचिवालयले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दियो

884
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

केही दिनअघि सुवेदीले एक अन्तर्वार्तामा घर जलाइनु भन्दा दुई दिन पहिले नै प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको आरोप लगाएका थिए ।सुवेदीले गलत र तथ्यहीन प्रचार गरेर भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या गरेको भन्दै प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले उजुरी दिएको बताइएको छ ।

संयोजकको सचिवालयका तर्फबाट आइतबार ब्युरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports