नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको गौरीघाटमा महिलाको हत्या, हत्या आरोपमा श्रीमान् पक्राउ

754
shares

काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ ।

हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् ।संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् ।

शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा श्रीमान्‍को संलग्नता खुलेपछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ हो ।प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports