नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य मन्त्रालयको स्वास्थ्यकर्मीहरूको पारिश्रमिक लगायतका सुविधाको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन

806
shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक लगायतका सुविधाको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले देशभरका सबै प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै यस सम्बन्धमा तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो।मन्त्रालयका मेडिकल ल्याब टेक्नोलोजिस्ट राज कुमार पाण्डेले जारी गरेको पत्रमा विभिन्न बुँदामा सुविधा व्यवस्था गर्न भनिएको छ ।

मन्त्रालयले दिएको निर्देशन अनुसार स्वास्थ्य संस्थाहरूले कार्यरत सबै नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तय गरेको सरह नपुग्ने गरी लागू गर्नुपर्ने व्यवस्था गरिएको छ।त्यस्तै तोकिएको समय सन्दर्भमा कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने उल्लेख छ।

मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने र सक्कल शैक्षिक प्रमाणपत्रहरू कार्यालयले राख्न नपाइने व्यवस्था समेत गरेको छ ।यसैगरी अनुबन्धको पत्र प्रदान गर्नुपर्ने र नर्सिङ लगायत अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक वैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउने निर्देशन समेत दिइएको छ।

नर्सिङ र स्वास्थ्यकर्मीहरूको सुविधा सम्बन्धमा देशभर वमोजिमका ५ (पाँच) बुँदा कार्यान्वयनका लागि पत्राचार भएकोमा सोको कार्यान्वयन नभएको भए तुरुन्त कार्यान्वयन गराउन र कार्यान्वयन अवस्था बारे मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports