तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री नगर्ने, चाँदीका सिक्का भने बिक्री

533
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले सुनका नयाँ असर्फी नछापेकाले सर्वसाधारणलाई वितरण नगर्ने भएको हो ।

विगतका वर्षजस्तो यसपालि सर्वसाधारणले धनतेरसमा नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न नपाउने टक्सार महाशाखा प्रमुख प्रतिभा अधिकारीले जानकारी दिइन् । उनका अनुसार चाँदीका सिक्का भने बिक्री गरिनेछ । चाँदीका सिक्का किन्न धनतेरस कुर्नु पर्दैन ।‘केन्द्रीय बैंकले ४ प्रकारका चाँदीका सिक्का बिक्री गरिरहेको छ,’ अधिकारीले भनिन्,‘सुनका असर्फी नभएकाले यस वर्ष बिक्री नगरिने भएको हो ।’

सुनका असर्फी छाप्न केन्द्रीय बैंकको सञ्चालक समितिले नै निर्णय गर्नु पर्ने हुन्छ । तर, यसपालि भने तिहार नजिकिँदै गर्दा पनि सञ्चालक समितिले कुनै निर्णय नगरेपछि नयाँ असर्फी छपाइ तथा बिक्री नहुने भएको हो ।पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको र बजारमा माग बढेको भएपनि आपूर्तिमा कमी देखिएको छ । विश्वभर अधिकांश केन्द्रीय बैंकले सञ्चितिको रुपमा सुन कायम राखिरहँदा आपूर्तिमा कमी देखिएको छ। मंगलबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार नाघेको छ ।गत वर्षको धनतेरसमा केन्द्रीय बैंकले सर्वसाधारणलाई करिब ११ किलो सुन बिक्री गरेको थियो । केन्द्रीय बैंकले यमपञ्चक सुरु हुनुभन्दा अघिल्लो दिन अर्थात धनतेरसमा ११.३ किलो सुन र १७१.५ किलो चाँदी बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार २.५ ग्रामका सुनका असर्फी ४ हजार ५ सय २० थान बिक्री भएका थिए।

धनतेरसका दिन नेपालको तराई क्षेत्र र समग्र भारतमा नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । धवन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports