तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको साढे एक घण्टापछि स्थगित

702
shares

काठमाडौँ । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको साढे एक घण्टापछि स्थगित गरिएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।कांग्रेसले मंगलबार नै एक बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । तर हालसम्म बैठक सुरु भएको छैन । बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर स्थगित गरिने सहमहामन्त्री उपाध्यायले बताइन् । मंगलबार स्थगित गरिएको बैठक बिहीबार बस्ने र त्यसमा एजेन्डाबारे छलफल गर्ने तयारी छ ।

मंगलबार बिहान केन्द्रीय समिति बैठकबारे सभापति देउवासँग र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले भेट गरेका थिए । एजेन्डाबारे उनीहरूले सभापतिसँग भेट गरेका देउवाको सचिवालयले जानकारी दिएको छ ।केन्द्रीय समितिमा सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन छ । त्यसबारे महामन्त्रीद्वयले सभापतिसँग छलफल गरेका बताइएको छ । तर, एजेन्डा तय भएका छैनन् ।

पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समिति बैठक उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा बिहीबारदेखि निरन्तर बसे पनि एजेन्डा तय गर्न सकेको छैन । पार्टीको १५ औँ महाधिवेशन मंसिरभित्रै गर्ने कि केही समय पर सार्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।जेनजीले भदौ २३ र २४ गते भएको आन्दोलनमा प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि घरमै आक्रमण गरेका थिए । त्यसयता देउवा सार्वजनिक रूपमा देखिएका छैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports