तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव सभापति देउवाद्वारा अस्वीकार

676
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तव अस्वीकार गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा एजेण्डाका रूपमा नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने प्रस्ताव गरेका थिए ।

मंगलबार बिहान भएको भेटमा महामन्त्रीहरूको त्यो प्रस्तव देउवाले अस्वीकार गरेको देउवा निकट स्रोतले जानकारी दियो ।एजेण्डाबारे महामन्त्रीद्वय र सभापति देउवाबीच कुरा नमिलेपछि केन्द्रीय समिति बैठक सभापति देउवाले आफ्नो वक्तव्य पढेपछि स्थगित गर्ने तयारी भएको छ ।बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति नजुटेपछि देउवाले वक्तव्य पढेर बैठक स्थगित गर्ने र एजेन्डा तय गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्ने तयारी छ ।

देउवाले महामन्त्रीद्वयलाई महाधिवेशनका विषयमा सल्लाह गरेर मात्रै अघि बढ्नु पर्ने बताएका थिए । मंगलबारपछि केन्द्रीय समिति बैठक बिहीबार राख्ने तयारी छ ।केन्द्रीय समितिमा सभापतिसँगको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन भएकाले महामन्त्रीद्वय एजेण्डाका विषयमा छलफल गर्न देउवालाई भेटेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports