प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीमितहरूको प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय

923
shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुन: प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ ।

बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो ।बोर्डका कार्यकारी निर्देशक स्तरको २७ असोजको निर्णयअनुसार बीमितहरूको उपचार प्रक्रिया सहज र सरलीकृत हुने बोर्डले जनाएको छ ।बोर्डका उपसचिव पुण्यमाया गुरागाईंले एकपटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुन: रिफर आवश्यक नभएको बताए ।

बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्रचार गरी सो विषयमा जानकारी गराइसकिएको छ ।बोर्डले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर जस्ता कडा रोगहरूमा एक पटक मात्र प्रेषण आवश्यक पर्ने निर्णय गरेको छ । सोही रोगका फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने व्यवस्था गरिएको छ ।त्यसैगरी अति गरिब परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल क्षयरोगी, ७० वर्षमाथिका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाका हकमा पनि सोही सुविधा लागू हुने बोर्डले जनाएको छ ।

आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या, गर्भवती तथा सुत्केरी महिला (जटिल प्रसूति वा सिजेरियन) र दम, सिजोफ्रेनिया, बाइपोलर डिसअर्डरजस्ता मानसिक रोगका बिरामीलाई पनि फलोअप उपचारका लागि पुन: प्रेषण आवश्यक नपर्ने निर्णय बोर्डले जनाएको छ ।बोर्डका अनुसार एउटै रोगको लागि गरिएको प्रेषण सेवाले सोही रोगको फलोअपमा पर्याप्त ठहरिनेछ । आकस्मिक सेवा लिई त्यसै रोगको फलोअप गर्नुपर्ने भएमा पनि नयाँ रिफर आवश्यक नपर्ने उल्लेख छ ।त्यसैगरी, यदि प्रेषण भई उपचारको क्रममा अर्को रोगको पनि परीक्षण आवश्यक भएमा सोही अस्पतालभित्रै अर्को विभागमा रेफर मार्फत सेवा लिन सकिनेछ । तर, उक्त विभागमा पुन: फलोअप गर्नुपर्ने अवस्थामा भने नयाँ रेफर आवश्यक हुनेछ ।

बोर्डले प्रेषण केन्द्रबाट पनि सेवा अपुग भएको अवस्थामा नजिकैको अर्को अस्पतालमा रेफर गर्नुपर्नेछ । साथै, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र शारीरिक रूपमा कमजोर बीमितहरूलाई सहज र सुनिश्चित सेवा उपलब्ध गराउन अस्पताललाई व्यवस्था मिलाउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।बोर्डले अस्पतालहरूले बिरामीको प्रेस्क्रिप्सनमा फलोअपको सम्भावित मिति वा अवधि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने र हरेक पटक क्लेम गर्दा पहिलो रिफर नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।

उक्त ९ बुँदे निर्णयले स्वास्थ्य बीमा सेवामा आउने बीमितको सुविधा वृद्धि र प्रशासनिक जटिलता घटाउने बोर्डको दाबी छ ।देशभर बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा छन् । बोर्डले संघीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई रेफर केन्द्रका रुपमा राखेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports