विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय : प्रचण्ड
वि.सं.२०८२ असोज २८ मंगलवार १७:४२
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हमासबाट हत्या गरिएका विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सरकार, सम्बन्धित निकाय तथा राष्ट्रय र अन्तर्राष्ट्रिय तहमा भएका प्रयासबीच पनि उनलाई जीवित फर्काउन नसक्नु पीडाको विषय भएको बताएका हुन् ।‘विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो,’ प्रचण्डले भनेका छन् ।
साथै, उनले विपिनलाई श्रद्धाञ्जली दिँदै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।‘मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु । यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।































