सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी पुस्ता विशेष महाधिवेशन गर्दा प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत

702
shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवशेन गर्दा जेनजी पुस्ता प्रतिनिधि हुन नपाउने बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले १४ औं विशेष महाधिवशेन गर्दा महाधिवेशनकै प्रतिनिधि हुने हुँदा नयाँले प्रतिनिधि हुन नपाउने बताए।नियमित महाधिवेशन हुन नसक्ने हो भने किन हुन सक्दैन ? त्यसको जवाफ दिनुपर्ने बस्नेतले बताए।

‘नेपाली कांग्रेस पार्टीले विशेष महाधिवेशन भनेर १४ औं महाधिवशेनका प्रतिनिधिले मात्रै भोट हाल्न पाइने अनि जेनजी पुस्ताको वकालत गर्ने तर तिनले भोट हाल्न पाउँछन् कि पाउँदैनन् ?’ बस्नेतले भने ।महामन्त्री गगन थापा संयोजक रहेको सदस्यता व्यवस्थापन समितिमा अन्य व्यक्तिहरु पनि थप्न बस्नेतले सुझाव दिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports