शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीसँग छलफल गर्दै
वि.सं.२०८२ असोज ३० बिहीवार १७:३२
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार जेनजीसँग छलफल गर्न लागेका छन् । उनले अपराह्न साढे ५ बजे जेनजीका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् ।
त्यसका लागि राष्ट्रपति कार्यालयले जेनजी प्रतिनिधिलाई बोलाइसकेको छ भने सो क्रममा प्रधानमन्त्री सुशीला कार्कीसमेतको सहभागिता रहने छ । जेनजी आन्दोलनसँग जोडिएको विषयका साथसाथै चुनावका विषयमा आवश्यक छलफल हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।






























