सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

५० किलोभन्दा बढी चाँदी सहित एक पक्राउ

819
shares

काठमाडौं। ललितपुरबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदी सहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । उनलाई ललितपुर महागनरपालिका–१६ धौगलबाट पक्राउ गरिएको हो।

उनले भारतबाट अवैध रुपले चाँदी नेपाल ल्याई विभिन्न किसिमका गरगहना बनाएर बेच्ने गरेको प्रहरीले बताएको छ। यसको गोप्य सूचना सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोको विशेष आएको थियो । त्यही सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट सशस्त्र प्रहरी ५० किलो ७४ ग्रँम चाँदीका गरगहना बरामद भएको छ । त्यस्तै १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसीन १ थान, इलेक्ट्रीक साईलक १ थान, आइप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद भएको छ ।उनलाई बरामद सामन सहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports