माईतीघरका अवैध टहरामा चल्यो महानगरको डोजर
वि.सं.२०८२ असोज ३० बिहीवार १७:३७
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलामा बनाइएका सातवटा टहरा भत्काएको छ । सडक क्षेत्र अतिक्रमण गरी बनाइएका टहराहरूमा आज डोजर चलाइएको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए ।
केही दिनअघि मात्र बनाइएका ती टहरामा रंगरोगनको काम भइरहेको थियो । महानगर महानगरले अतिक्रमित संरचना हटाउने अभियान नै चलाएको छ । “जहाँजहाँ अवैध संरचनाहरू छन् । त्यहाँ भत्काएका छौँ । अब अन्य क्षेत्रमा पनि भत्काउने र खाली गर्ने क्रम चलिरहन्छ,” जोशीले भने ।
महानगरले माइतीघरमा सडक अतिक्रमण गरेर बनाइएका टहरा भत्काउन समय दिएको थियो । तर, घरधनी आफैँले नभत्काएपछि महानगरले डोजर चलाएर भत्काएको उनको भनाइ छ ।सडक विभागको २०३५ सालदेखिको मापदण्डअनुसार, सडक सीमामा घरटहरा बनाएर भाडा उठाइरहेका संरचना भत्काएको महानगरले जनाएको छ ।






























