चुच्चे नक्सा संसदबाट पारित गरेपछि अध्यक्ष ओली माथि प्रहार भयो : केन्द्रीय सदस्य हरदेव जोशी
वि.सं.२०८२ असोज ३१ शुक्रवार ०८:५७
shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य हरदेव जोशीले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावको समर्थन गरेका छन् ।
उनले उक्त प्रस्तावको समर्थन गर्दै केपी शर्मा ओलीले राष्ट्रहितका पक्षमा, स्वाभिमानको पक्षमा दृढ अडान लिएको बापत नेकपा (एमाले) र मुल नेतृत्वमाथि देशीविदेशी प्रतिक्रियावादीहरूको आक्रमण भएको बताए
बैठकमा बोल्दै उनले भने , ’प्रधानमन्त्री पद उहाँका लागि केहि पनि होइन, मृत्यु सँग लडेर भारतले मिचेको भूमि कलापानी, लिपुलेक, लिम्पियाधुरा – चुच्चे नक्सा सार्वभौम संसदबाट पास गरेपछि (एमाले) र मुल नेतृत्वमाथि प्रहार भएको छ । यस्ता खालका षड्यन्त्रका विरुद्ध अहिलेको सङ्कटपूर्ण घडीमा एकताबद्ध भएर भण्डाफोर गर्नु हामी सबैको दायित्व हो । तसर्थ अहिलेको आवश्यकता एकताबद्ध, अनुशासित र वैचारिक (एमाले) हो ।’
केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले भने, ’सामाजिक संजालमा पार्टी अध्यक्षका विरुद्ध लेख्ने, बोल्ने काम पार्टी अनुशासन र लेनिनवादी संगठनात्मक सिद्धान्त भित्र बपर्दैन । त्यस कारण आफ्नो पदीय जिम्मेवारी अनुसार केन्द्रीय कमिटीमा आफ्ना धारणा राख्नु पर्छ । सामाजिक संजालमा जथाभावी लेख्नु नेताहरूका कारण समाज र पार्टीमा विभाजन ल्याउने काम गरेको छ ! यस्ता खालका प्रवृत्तिहरूलाई तुरुन्त बन्द गर्नुपर्छ ।’
उनले संविधानको रक्षा गर्नका लागि संसद पुनः बहाली अनिवार्य रहेको बताए । “त्यसकारण सबै लोकतान्त्रिक गणतन्त्र शक्तिहरूलाई एकजुट गर्न पहल नेकपा (एमाले) ले गर्नुपर्ने र संसद पुनः स्थापनाका लागि (एमाले) देशव्यापी आन्दोलनमा जानुपर्छ”, उनले भने ।































