सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारसँग वार्ता गर्न जेनजीले समिति बनाउने सहमति

780
shares

काठमाडौ। जेनजीहरूले सरकारसँग वार्ता गर्न समिति बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार सरकार र जेनजी प्रतिनिधिबीच भएको छलफलमा सरकारसँग वार्ताका लागि जेनजीको समिति बनाउने सहमति भएको एक सहभागीले जानकारी दिए।

जेनजी वार्ता समिति बनाउने र आन्दोलनको म्यान्डेटअनुसार सरकारसँग सम्झौता गर्ने सहमति भएको तथा वार्ता समिति र वार्ताका लागि समन्वयको जिम्मा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाललाई दिइएको ती जेनजी सहभागीले जानकारी दिनुभएको हो । बैठकमा प्रधानमन्त्री सुशीला कार्की, विभिन्न मन्त्रीहरू, सरकारी कर्मचारी, जेनजीका प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports