सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घनश्याम भुसाल, रामकुमारी झाँक्री सहितका नेताले मागे माधव नेपालको राजिनामा, अध्यक्ष नेपाल संकटमा

624
shares

काठमाडौं । अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि नेकपा एकीकृत समाजवादी पार्टीमा विवाद झनै चुलिएको छ ।

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ लगायत सातजनाले अध्यक्ष माधव नेपाललाई पदबाट राजीनामा गर्न दबाब दिएका छन् । जेन–जीहरूको माग पूरा गर्नका लागि अध्यक्ष नेपालले मार्गप्रशस्त गर्नुपर्ने उनीहरूको माग छ ।

बैठकमा अधिकांश नेताले भ्रष्टाचार मुद्दा अदालतबाट निरुपण नहुन्जेल अध्यक्ष नेपालले नेतृत्वबाट विश्राम लिनुपर्ने कुरा उठाएका छन् ।उनीहरूले अध्यक्ष नेपालमाथि लागेको आरोप पुष्टि नहुन्जेलसम्म मार्गप्रशस्त गर्न भनेका हुन् ।बुधबार मात्रै चितवन पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए ।

पत्नीको उपचारका लागि भारतमा रहेका सम्मनीत नेता झलनाथ खनालले पनि हतारमा एकता गर्ने प्रयास गलत दिशातर्फको कदम भन्दै उनले त्यसबाट पार्टीलाई भड्खालोमा पुर्‍याउन सक्ने बताएका थिए ।आगामी कात्तिक १२ र १३ मा केन्द्रीय कमिटी बैठक आलोकनगरमै बस्ने उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports