विपिन जोशीको महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो
वि.सं.२०८२ कात्तिक ५ बुधवार ०७:४७
shares

कञ्चनपुर। इजरायल–हमास युद्धका क्रममा मृत्य भएका विपिन जोशीको कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ ।महाकालीको भुजेलाघाटमा उनले अन्त्येष्टि गरिएको हो ।
विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी हुदैँ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पु¥याइएको थियो ।





































