नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने व्यक्ति सहित दुई पक्राउ

819
shares

काठमाडौं । जेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने एक व्यक्ति सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।उनीहरूबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली पनि बरामद भएको छ । पक्राउ परेकामध्ये समीरले जेनजी आन्दोलनमा लुटेको पेस्तोलबाट गोली चलाएको भिडियो समेत बनाएका थिए ।

कुनै घरको छतमा बसेर चुरोट तान्दै उनले पेस्तोलबाट गोली चलाएको भिडियोमा देखिन्छ । यसरी गोली चलाउने समीर भने पटके कसुरदार रहेको खुलेको छ । उनलाई यसअघि प्रहरी वृत्त सोहैखुट्टेले पक्राउ गरेको थियो । गत भदौको ६ गते पक्राउ परेका उनी विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports