नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस कार्यबाहक सभापति र महामन्त्री बीच सहमति जुटाउन छलफल जारी

793
shares

काठमाडौं । नियमित समयमै नियमित महाधिवेशनको दबाब बढिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्।कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। उनलाई संस्थापनका नेताहरुले बलियो साथ दिइरहेका छन्। यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन।

महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए। तर, कार्यबाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन्।त्यसपछि शुक्रबार बिहान बसेको संस्थापन इतर समूहको बैठकले आगामी १६ पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका तयार पार्न र आजकै केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न महामन्त्रीद्वयलाई जिम्मेवारी दिएको छ।

बैठकले कार्यतालिका पेश गर्नुअघि कार्यबाहक सभापतिसँग छलफल गर्ने जिम्मेवारी पनि दिएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports