नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरू प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग असन्तुष्ट

1.16K
shares

काठमाडौं । गत २३ र २४ भदौको घटना छानबिन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरू प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग असन्तुष्ट बनेका छन् ।

छानबिनका लागि आवश्यक विवरणहरू पटकपटक माग गर्दा पनि प्रहरी हेडक्वार्टरले नपठाएर असहयोग गरेको आरोप बुझाइ आयोगको छ ।पटकपटक माग गर्दा समेत विवरण नबुझाएको भन्दै आयोगका पदाधिकारीहरू ‘अनुसन्धानमा असहयोग गरेको’ आरोपमा कारबाही गर्नुपर्ने तहको छलफलमा पुगेका हुन् ।

जाँचबुझ आयोगले तीन साताअघि नै दुई महिनाअघिको जेन–जी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीहरूको विवरण माग्दै प्रहरी हेडक्वार्टरलाई पत्राचार गरेको थियो । तर त्यो पत्रअनुसारको विवरण तीन सातासम्म प्रहरी हेडक्वार्टरले बुझाएन । यसमा प्रहरी महानिरीक्षक खापुङकै मुख्य भूमिका रहेको बुझाइ आयोग छ ।उनकै कारण फिल्डमा खटिएका प्रहरी इन्चार्जको विवरण हेडक्वार्टरले नपठाएको आयोगका एक सदस्यले बताए ।

पत्र पठाउन ढिलाई गरेपछि आयोगका पदाधिकारीहरूले मौखिक एवं अनौपचारिक रुपमा प्रहरी प्रधान कार्यालयमा सम्पर्क गरी विवरण मागेका थिए । त्यसपछि भने प्रहरी हेडक्वाटरले आन्दोलनको बेला जवानदेखि प्रहरी महानिरीक्षकसम्म सबै जना फिल्डमै रहेको जानकारी आयोगलाई गराएको थियो । ७७ वटै जिल्लामा प्रदर्शन भएकाले सबै प्रहरी फिल्डमै रहेको आशयको जवाफ हेडक्वार्टरले पठाएको थियो ।हेडक्वार्टरकोे यो जवाफपछि आयोग झनै असन्तुष्ट बन्यो । त्यो पत्रलाई गैरजिम्मेवारयुक्त भन्दै जाँचबुझ आयोगका पदाधिकारीहरूले कारबाहीको चेतावनी सहित विवरण पेश गर्न अर्को पत्र पठाएका थिए ।

‘मागेको विवरण पठाउनुका साटो अनुसन्धानमा असहयोग हुने गरी अल्मल्याउने काम भयो भन्ने हाम्रो बुझाइ छ’ जाँचबुझ आयोगका एक पदाधिकारीले भने, ‘यसबारेमै थप विवरणका लागि हामी प्रयास गर्छौं, नभए थप छलफल गर्न छुट्टै बैठक हुनसक्छ ।’हेडक्वार्टरको यो जवाफपछि जाँचबुझले चेतावनी सहितको पत्र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई पठाएको थियो । आयोगले प्रहरी महानिरीक्षक खापुङलाई २४ घण्टाभित्र विवरण पठाउन र तत्कालीन इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन सहितको पत्र पठाएको थियो ।

यदि आयोगको पत्रअनुसार काम नभए मानहानीको कारबाहीसम्म हुने चेतावनी आयोगले पत्रमै उल्लेख गरेको थियो । त्यसपछि भने प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीलाई पत्र लेख्दै जेनजी आन्दोलनका बेला खटिएका प्रहरीका इन्चार्जहरूलाई उपत्यका नछाड्न भनेर निर्देशन दिएको थियो ।यो पत्र प्रहरी हेडक्वार्टरले आयोगलाई पनि फरवार्ड गरेको थियो । अहिले भने फिल्डमा खटिएका कर्मचारीहरूको यकिन विवरणहरू पठाउने काम भएको भन्ने जवाफ आएको आयोग स्रोतले बताएको छ । यदी त्यो विवरण नआए कारबाहीसम्म हुने आयोगका एक सदस्य बताउँछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports