नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्युयोर्कको मेयरमा डेमोक्र्याटिक पार्टीका ममदानी विजयी

936
shares

डेमोक्र्याटिक उम्मेदवार जोहरान ममदानीले न्युयोर्कको मेयर पदको चुनाव जितेका छन्।

सीबीएसका अनुसार, ३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढी समयको न्युयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर भएका छन्।ममदानीको विजय पुष्टि भएपछि उनका समर्थकहरू खुसियाली मनाउन थालेका छन्।

मेयर पदका लागि मुख्य प्रतिस्पर्धा जोहरान ममदानी र एन्ड्रयु कुओमोबीच भएको थियो।डेमोक्र्याटिक प्राइमरीमा ममदानीसँग हारेपछि कुओमो स्वतन्त्र उम्मेदवार बनेका थिए।चुनावमा विजयी ममदानीले ५०.४ प्रतिशत मत प्राप्त गरे।

न्युयोर्कका पूर्व गभर्नर तथा स्वतन्त्र उम्मेदवार एन्ड्रयु कुओमो ४१ प्रतिशत अर्थात् लगभग ८५०,००० मतका साथ दोस्रो स्थानमा रहे। रिपब्लिकन कर्टिस स्लिवा ७.१ प्रतिशत अर्थात् लगभग १४५,००० मतका साथ तेस्रो स्थानमा रहे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports