नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले दियो यूएईलाई २ सय ४० रनको लक्ष्य

1.04K
shares

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको विजयी लक्ष्य दिएको छ।

दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनायो। नेपालको लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। उनले ६८ बलमा ४ चौका प्रहार गरे।

ओपनर कुशल भुर्तेल १.५ ओभरमा २ रनमा विकेट किपरको हातमा क्याच हुँदा नेपालका लागि भीम सार्की र आसिफ शेखले निकै सम्हालिएर खेलेका थिए। यी दुई ब्याटरले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए। १७.४ ओभरमा आसिफ शेख ३४ रन बनाउँदै रन आउट भए। यसपछि भने नेपालले ब्याटिङको मोमेन्टम खलबलिएको थियो।

चौथो क्रममा आएका कप्तान रोहित पौडेल २ रन बनाउँदै पेभेलियन फर्किए। त्यसपछि पाँचौँ विकेटको लागि दीपेन्द्र सिंह ऐरीले आरिफ शेखसँग ४९ रनको साझेदारी गरे। दीपेन्द्र सिंह ऐरीले ३७ रन बनाउँदै रनआउट भए।आरिफ शेखले ३० रन बनाए। कुशल मल्लले आवश्यक परेको बेला टिमलाई एक इन्डबाट सम्हाल्दै ४५ रन बनाए। उनले नवौं विकेटको लागि सन्दीप लामिछानेसँग ४२ रनको साझेदारी गर्दै ४९.५ ओभरमा बोल्ड भए। अन्तिम विकेटको रूपमा क्रिजमा आएका ललित राजवंशीले अन्तिम बलमा चौका हान्दै अविजित रहे। उनीसँगै सन्दीप लामिछाने १५ रनमा अविजित रहे।

यूएईका लागि बलिङतर्फ जुनैद सिद्धकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले समान २–२ विकेट लिए। जाहिद अलिले १ विकेट लिए।नेपालले यस अघिको लगातार ३ खेल हारेको थियो । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा यूएईसाग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports