प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने

1.18K
shares

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको राखेपका एक सदस्यले जानकारी दिएका हुन् ।

गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीनपटकसम्म सारिँदै स्थगित भएको थियो जसका कारण गत आर्थिक वर्षमा प्रतियोगितन नहुने निश्चित भएको थियो ।नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो ।

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो ।

आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्‍याइएको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । यस्तै बोर्ड बैठकले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी जितबहादुर केसीलाई २५ लाख रुपैयाँ पुरस्कार दिन मन्त्रीपरिषद्लाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports