नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछानेसँग जाँचबुझ आयोगले लियो ७ घण्टाभन्दा बढी बयान

1.11K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सहकारी रकम हिनामिनासम्बन्धी मुद्दामा जाँचबुझ आयोगमा करिब ७ घण्टा १५ मिनेट बयान दिएका छन् । उनलाई नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय आयोगमा उपस्थित गराइएको थियो र बयान सकिएपछि फेरि कारागार फर्काइएको छ।

आयोगले लामिछानेसँग जेलबाट निस्कँदा भएका घटनाहरू, कारागारको गेट तोडिने घटना र सार्वजनिक गरिएको पत्रबारे सोधपुछ गरेको थियो। भदौ २४ मा लामिछाने कारागारबाट निस्केपछि देशभर कारागार भित्र आगजनी र कैदीबन्दी निस्कने घटनाहरूको लहर चलेको थियो।सार्वजनिक पत्रमा भनेको थियो कि थुनामा राख्दा अन्याय बढ्ने र देशमा अमनशान्ति फैलिने भएकाले उनलाई तत्काल रिहा गरिएको हो । आयोगले यस विषयमा थप विवरण लिन उनीसँग विस्तृत बयान लिएको हो।

यसअघि आयोगले जेलर सत्यराज जोशीसँग पनि बयान लिइसकेको थियो। जोशीले बयानमा बताएअनुसार प्रदर्शनकारीहरूले लामिछानेलाई कारागारबाट बाहिर लगेपछि डेढ घण्टापछि आफूलाई पत्रमा हस्ताक्षर गराइएको थियो। आयोगका सदस्यमा गौरीबहादुर कार्कीको नेतृत्वमा पूर्व एआईजी विज्ञानराज शर्मा र अधिवक्ता विन्देश्वरी भण्डारी रहेका छन्। आयोगले देशभरका हालसालका घटनासम्बन्धी छानबिन जारी राखेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports