नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिहार विधानसभा निर्वाचनको चुनावी सभाका लागि भारतीय प्रधानमन्त्री मोदी अररिया आउने भएपछि सीमा क्षेत्रमा सतर्कता

1.07K
shares

विराटनगर । बिहारमा हुने विधानसभा निर्वाचनको चुनावी सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने भएपछि सीमा क्षेत्रमा सतर्कता अपनाइएको छ ।

अररियासँग सीमा जोडिएको मोरङ र सुनसरीमा भारतीय र नेपाली सुरक्षाकर्मीले सतर्कता बढाएका हुन् । आज दिउँसो मोदीले अररियामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यसूची छ ।मोरङ प्रहरी प्रमुख कवित कटवालले सीमा क्षेत्रमा सतर्कता बढाइएको बताए । ‘सीमा क्षेत्रमा हामीले पहिलेदेखि नै सतर्कता बढाएका छौं,’ उनले भने, ‘भारतीय प्रधानमन्त्री आज अररिया आउने कुरा छ ।’

सीमा क्षेत्रबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङमा पहिलेदेखि नै नाकामा कडाइ गरिएको उनको भनाइ छ ।भारतीय पक्षको अनुरोधमा मोरङ र सुनसरीको सीमा क्षेत्रमा प्रहरीले निगरानी र चेकजाँच बढाएको प्रहरी स्रोतले जनाएको छ ।बिहारका १८ जिल्लामा आज मतदान हुँदैछ । मोरङ, सुनसरीसहितको सीमा जोडिएका जिल्लाहरुमा नोभेम्बर ११ तारिखमा चुनाव हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports