linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिए

1.48K
shares

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् ।

स्वास्थ्यको कारण देखाउँदै डा. बाराकोटीले शुक्रबार स्वास्थ्य मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।अतिरिक्त सचिव समेत रहेका डा. बाराकोटीको सरकारी सेवाको अवधि अझै दुई वर्ष बाँकी नै थियो ।राजीनामाबारे जिज्ञासा गर्दा उनले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको खुलाए ।

उनी केही समय अगाडि बिरामी परेका थिए । आईसीयूमै राखेर उनको उपचार गरिएको थियो ।‘मलाई स्वास्थ्य झन् झन् बिग्रँदै गयो । परिवारबाट टाढा रहेर काठमाडौंमा एक्लै डेरा गरेर बस्नुपर्‍यो,’ डा. बाराकोटीले  भने, ‘ काम गर्न नसक्ने भएपछि जिम्मेवारीपूर्ण पदमात्रै ओटकेर बस्न नहुने मानसिकताको साथ राजीनामा दिएको हुँ ।’

डा. बाराकोटी लामो समय उपत्यका बाहिर सेवारत रही हालै १२ औँ तहमा बढुवा भएर स्वास्थ्य मन्त्रालय आइपुगे सँगै स्वास्थ्य सचिवको प्रतिस्पर्धामा उत्रिएका थिए ।तर, प्रतिस्पर्धामा डा. विकास देवकोटा स्वास्थ्य सचिव भएपछि डा. बाराकोटीले विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports