नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन हाँगा पनि छैन : अध्यक्ष ओली

949
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर नभाग्ने स्पष्ट पारेका छन् ।

एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित केपी ओलीसँग अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशीला कार्कीको सरकारलाई फेद न टुप्पोको आकाशबेली सरकार भएको टिप्पणी गरे ।

‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन हाँगा पनि छैन । एउटा पहेंलो लहरो हुन्छ नि एउटा, आकाशबेली जस्तै कहाँबाट पलायो कहाँबाट ?’ उनले प्रश्न गरे, ‘यो आकाशबेली सरकारले हामीजस्तो कमिटमेन्ट भएको मान्छेलाई पासपोर्ट रोक्का गर्छ । के काम गर्छ यसले ?’उनले मर्नुपरे देशमा मर्ने, कतै नभाग्ने बताए ।

‘केपी ओली भागेर जान्छ ? मर्न परे यस देशमा मर्छ । सुकरात त्यसबेला भागेनन् । आजको केपी ओली भाग्छ । के सोचेको होला ?’ उनले भने, ‘आफूजस्तै ठानेर पासपोर्ट रोक्का । त्यस जमानामा सुकरात भागेका थिएनन् । उनको कुनै ठूलो राजनीतिक, समाज के के न बनाइहाल्छु भन्ने केही उद्देश्य पनि थिएन र पनि भागेका थिएनन् ।’

उनले प्रश्न गरे, ‘मैले अस्तिनै भनेँ यो हाहुमा बनेको गैरजिम्मेवार कसैप्रति जिम्मेवार नभएको असंवैधानिक सरकारलाई अनुत्तरदायी सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ?’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports