linktrix Long Ad
Salt Trading Long Ad

चन्द्रकुबेर खापुङले आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने

2.04K
shares

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएलगत्तै चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम चालेको छ।

कार्की नेतृत्वको ‘भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग’को बिहीबार बसेको बैठकबाट खापुङलाई विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी गरिएको प्रेस विज्ञप्ति यस्तो निर्णयबारे जानकारी गराइएको छ । निर्णयमा भनिएको छ, ‘आजदेखि सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजै देखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’

खापुङलाई आयोगको यो निर्णयबारे जानकारी गराइने पनि विज्ञप्तिमा उल्लेख छ। खापुङमाथि भाद्र २३ र २४ गते भएका घटनाहरूसँग सम्बन्धित छानबिन र जाँचबुझका लागि आयोगले आवश्यक देखेकाले उनीमाथि निगरानी राखिएको आयोगले जनाएको छ ।खापुङमाथि महानिरीक्षक हुँदा घटनामा संलग्न प्रहरी अधिकारीको विवरण दिन अस्वीकार गरेको आरोप आयोगले लगाउँदै आएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports