जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा : गृहमन्त्री अर्याल
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १३:५०
shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको बताएका छन् ।
संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित भएका गृहमन्त्री अर्यालले यस्तो जानकारी गराएका हुन् ।सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको भन्दै उनले अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको बताए ।





































