नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न निर्वाचन आयोगलाई आग्रह

1.14K
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीको अनलाइन आवेदन दिँदा सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरेर अनलाइनबाट नाम दर्ता गर्दा सर्भर अवरुद्ध भएर सेवा रोकिने समस्याको समधान गर्न आग्रह गरेकी हुन् ।निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न अनलाइनबाटै आवेदन लिन थालेपछि चाप बढेको छ । कार्यालयहरूमा चाप बढेसँगै आयोगले राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूको हकमा अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने गरी अनलाइन पोर्टल सुरु गरेको छ ।

तर, अनलाइनमा आवेदनकर्ताको चाप बढेर सर्भर नै अवरुद्ध हुन थालेपछि सेवाग्राहीले सास्ती व्यहोर्नुपरिरहेको छ । प्रधानमन्त्री कार्कीले आवश्यक प्रवन्ध गरेर अनलाइन आवेदन दिँदा सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न आयोगलाई आग्रह गरेकी छन् ।टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री कार्कीले नाम दर्ताको समयावधि समेत थप गर्न आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई आग्रह गरेकी छन् ।

भण्डारीले नाम दर्ताको समय सीमा पाँच दिन थप गर्न सकिने बताएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले बताए ।आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम समय सीमा ३० कात्तिकसम्म निर्धारण गरेको छ ।तर, नाम दर्ता गर्नेको चाप बढेसँगै आयोगले प्रधानमन्त्री कार्कीको आग्रह अनुसार पाँच दिन थप गर्ने तयारी गरेको आयोग स्रोतले बतायो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports