सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका सभापति देउवा उपचारबाट फर्के लगत्तै नेताहरूलाई छलफलमा बोलाउन सुरु गरे

1.33K
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै नेताहरूलाई छलफलमा बोलाउन सुरु गरेका छन् ।

शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका हुन् ।देउवालाई भेट्न चार नेता शनिबार साँझ उनको भाडाको निवासमा पुगेका थिए । जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारपछि चुनदेवीमा बस्दै आएका छन् ।

शनिबार साँझ भएको छलफलमा प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । देउवाले नेताहरूलाई डाकेर पार्टीको विवादबारे छलफल गरेका हुन् ।भेटमा सहभागी महतले अनलाइनखबरसँग भने, ‘चुनावको तयारी गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीको विवाद तपाईंहरू मिलाउनुस् भन्ने आशय थियो । उहाँको कुरा सुन्दा चुनावपछि नै महाधिवेशन गर्दा उपयुक्त हुने जस्तो लाग्यो ।’

कांग्रेसमा चुनाव अघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने दुई प्रकारका धारणाहरू आएका छन् । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अडान राखिरहेका छन् ।संस्थापनइतरका नेता डा.शेखर कोइराला चुनावअघि नियमित महाधिवेशनको पक्षमा छन् ।

चुनाव अघि वा पछि महाधिवेशन गर्नेमा संस्थापन पक्षमा समेत एकमत देखिएको छैन । संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनाव अघि महाधिवेशन गर्नुपर्ने बैठकबाट निर्णय गरेका छन् । चुनाव अघि महाधिवेशन गर्नुपर्ने माग सहित २४ नेताले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका छन् ।

शनिबार साँझ दुई घण्टा बढी कुराकानी गरेका चार नेतासँग सभापति देउवाले पार्टी विवादका बारेमा जानकारी लिएका थिए । सभापति देउवाले पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूसँग पनि छुट्टै भेट्ने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports