सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक

1.53K
shares

काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) मा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । २०८२ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो ।अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड सञ्चिति रहेकोमा असोज मसान्तसम्म ८.७ प्रतिशतले बढेर २१ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो महिनासम्मको तथ्यांकलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।यस्तो सञ्चिति कुल गार्हस्थ उत्पादनको तुलनामा ४८.८ प्रतिशत, आयातको तुलनामा १३६.६ प्रतिशत र विस्तृत मुद्रा प्रदायकसँगको अनुपातमा ३६.८ प्रतिशत रहेको देखिएको छ । कुल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा असोजसम्म १०.५ प्रतिशतले बढेर २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports