सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न भारतको नेपाल पक्षलाई प्रस्ताव

1.44K
shares

काठमाडौँ । नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न भारतले नेपाल पक्षलाई प्रस्ताव गरेको छ । नयाँ दिल्लीमा आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले सो प्रस्ताव राखेका हुन् । नाकाबाट आउजाउ गर्नेहरूको अभिलेख राख्ने सचिव स्तरीय प्रस्तावमा निर्णय भने भैसकेको छैन ।

सीमा सुरक्षा समन्वयात्मक बैठक सकेर सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल सहितको टोली नेपाल फर्किएको छ । छलफलमा सहभागी एकजना अधिकृतले भने, ‘भारतीय गृह मन्त्रालयका सचिवले राखेको प्रस्ताव हामी गृह मन्त्रालयका सचिवसँग राख्छौँ । यताबाट सहमति भएपछि अभिलेख राख्ने विषय लागु गर्न सकिन्छ ।’

सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलसँग सशस्त्रका आईजी अर्यालले जेनजी प्रदर्शन हुँदा लुटिएका र जेलबाट भागेका कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए । सिंघलले लुट र आतंकमा संलग्नहरूको फोटो सहितको विवरण पठाउन अनुरोध गर्दै छलफलमा भनेका छन्, ‘फोटो सहितको विवरण प्राप्त भएमा हामी नियन्त्रणमा लिन र सहयोग गर्न तयार छौँ ।’

एसएसबीका महानिर्देशक सिंघलले जेलबाट भागेका कैदी र लुटिएका सुरक्षाकर्मीको हतियार भारत पक्षलाई पनि चुनौतीको विषय भएको बताएका छन् ।नेपाल र भारतको बिचमा १२ वटा एजेन्डामा छलफल र हस्ताक्षर भएको छ । दशगजामा बनेका संरचना हटाउनेबारे पनि दुवै पक्षबिच सहमति भएको छ । विपद् व्यवस्थापन र तालिममा सहकार्य गर्नेबारे सहमति भएको छलफलमा सहभागी एकजना उच्च अधिकृतले बताए ।

समन्वयात्मक बैठक कार्तिक २६ देखि २८ सम्म भएको थियो । बैठकमा आईजी अर्याल, एआईजी गणेश ठाडा मगर, नेपाल प्रहरीका डीआईजी दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, सशस्त्रका एसएसपी किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र परराष्ट्रका उपसचिव विजयराज तण्डुकार सहितका अधिकारीहरू सहभागी थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports