तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जीको आन्दोलनमा झापाबाट लुटेका हतियार पाँचथरको ओडारमा भेटिए

1.64K
shares

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित जंगलको ओडारमा फेला परेका छन्।

आज ०३११०२७३९ सिरियल नम्बरको एक थान इन्सास राइफल र ६२०३८ सिरियल नम्बरको एक थान थ्रिनटथ्री राइफल भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेर फरार रहेका मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले मङ्गलबार दमक–२ बाट पक्राउ गरेको थियो। लिम्बूकै बयानका आधारमा पाँचथर प्रहरीसँग समन्वय गरी हतियार बरामद गरिएको हो।

बरामद हतियारसँगै इन्सास राइफलको जङ्गी राउन्ड एक थान र एसएलआरको जंगी राउन्ड तीन थान प्रहरीले बरामद गरेको जनाएको छ । पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना कसुरमा थप अनुसन्धान भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports