२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनियाँ राष्ट्रपति सी आज संयुत राष्ट्रसंघको महासभामा भागलिन वासिङटन पुग्दै, अमेरिकी राष्ट्रपति ट्रम्पले स्वागत गर्ने

546
shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार अमेरिकी राजधानी वासिङ्टन पुग्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयं एन्ड्र्युज एयर फोर्स बेसमा सीको स्वागतका लागि उपस्थित हुन सक्ने बताइएको छ ।

त्यसपछि बिहीबार ह्वाइट हाउसमा सीको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना हुनेछ । समारोहमा सैन्य विमानबाट ‘फ्लाइओभर’ गरिनेछ भने करिब ५०० सैन्यकर्मी सहभागी हुनेछन्।

सीको अमेरिका भ्रमण शुक्रबार समाप्त हुनेछ । भ्रमणका क्रममा औपचारिक कार्यक्रमसँगै भव्य रात्रिभोज, निजी भेटघाट तथा अन्य कार्यक्रमसमेत आयोजना हुनेछन् ।अमेरिका र चीनबीच भएको व्यापार सम्झौताका कारण पनि सीको यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

सन् २०२५ को अक्टोबरमा दक्षिण कोरियामा ट्रम्प र सीबीच भएको भेटका क्रममा व्यापारसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौताको अवधि नोभेम्बरमा सकिँदैछ ।सम्झौताअन्तर्गत अमेरिकाले चिनियाँ सामानमा प्रस्ताव गरेको ठूलो महसुल वृद्धि तत्काल लागू नगर्ने निर्णय गरेको थियो । त्यसको बदलामा चीनले दुर्लभ खनिजको निर्यातमा लगाएका केही प्रतिबन्ध खुकुलो बनाएको थियो ।

सीको यो भ्रमण करिब एक दशकपछि पहिलो अमेरिका भ्रमण हो । साथै, ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेपछि सी र ट्रम्पबीच यो तेस्रो भेटवार्ता हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports