२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चाडपर्व लक्षित सुपथ मूल्यका पसल सुरू दैनिक आवश्यक सबै सामान एकै ठाँउमा पाईने, साल्ट ट्रेडिङले चीनी लगायत केही सामानमा छुट दिने

1.11K
shares

काठमाडौँ । नजिकिँदै गरेका चाडपर्वहरू दसैँ, तिहार र छठलाई लक्षित गर्दै सरकारी स्वामित्वका संस्थानहरूले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण सुरु गरेका छन्।

साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन्। तर, चाडपर्वका बेला बजारको मूल्य नियन्त्रण गर्न हरेक वर्ष दसैँमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने चौपाया बिक्री नगर्ने भएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले असोज १ गतेदेखि नै उपत्यकासहित देशभरका विभिन्न केन्द्रमार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। काठमाडौँ उपत्यकामा १३ वटा बिक्री स्टल र ३ वटा घुम्ती सेवा (मोबाइल भ्यान) तथा उपत्यकाबाहिर २५ वटा स्थान गरी विभिन्न बिक्री केन्द्रहरूबाट उपभोक्तालाई छुटसहितको खाद्यान्न उपलब्ध गराइँदैछ।

कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार उपभोक्ताले चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ तथा खानेतेल, चामल, चिउरा, पिठोलगायतका वस्तुमा प्रतिकेजी ७ रुपैयाँसम्म छुट पाउनेछन्। सहुलियत पसलमा चिनी प्रतिव्यक्ति दुई किलोका दरले प्रतिकिलो १०० रुपैयाँमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

‘विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि हामीले असोज १ देखि कात्तिक मसान्त (छठपर्व) सम्मका लागि सुपथ मूल्य पसल सुरु गरिसकेका छौँ,’ सूचना अधिकारी राजभण्डारीले भने, ‘अहिले उपत्यकामा हाम्रा आफ्नै काउन्टरहरूमार्फत बिक्री भइरहेको छ भने माग भएका अन्य स्थानमा ३ वटा भ्यानमार्फत सामान पुर्‍याउने प्रबन्ध मिलाएका छौँ। उपभोक्ताको भीडभाड सामान्य छ, आवश्यकताअनुसार सार्वजनिक बिदाको दिनमा समेत काउन्टर खुला राख्ने हाम्रो तयारी छ।’खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपभोक्तालाई वर्षैभरि राहत दिने उद्देश्यसहित साउनको अन्तिम सातादेखि नै सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ।

सरकारको ३ करोड ५० लाख रुपैयाँ स्वीकृत बजेटमा कम्पनीले २६ दुर्गम जिल्लासहित ४४ जिल्लाका प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय, शाखा कार्यालय र डिपो कार्यालयहरूबाट सहुलियत पसल सञ्चालन गरिरहेको हो।कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार चामल, दाल, तेल, चिनी, गेडागुडीका साथै चिनो, कागुनो, फापरजस्ता स्थानीय रैथाने बालीमा समेत प्रतिकिलो र प्रतिलिटर ५ रुपैयाँ छुट दिएर बिक्री–वितरण भइरहेको छ। गत साउन २८ गतेदेखि सुरु भएको यो सहुलियत पसल स्थानीय तहसँगको समन्वयमा सञ्चालनमा छ।

खाद्यान्नमा उपभोक्तालाई राहत दिए पनि यस वर्ष कम्पनीले दसैँमा सहुलियत दरका खसी–बोका र च्याङ्ग्रा भने बिक्री नगर्ने भएको छ। हरेक वर्ष चाडपर्वमा मासुको अस्वाभाविक मूल्यवृद्धि रोक्न सहुलियतका चौपाया ल्याउने कम्पनीले यसपटक बजेट अभावको कारण देखाएको हो।‘दैनिक उपभोग्य खाद्यान्न तथा रैथाने बालीहरूमा हामीले देशभरिका बिक्री केन्द्रबाट छुटसहितको सेवा दिइरहेका छौँ,’ खाद्य कम्पनीका सूचना अधिकारी मिश्रले भने, ‘तर, यस वर्ष खसी–बोका र च्याङ्ग्रा खरिदका लागि बजेट नै विनियोजन नभएका कारण हामीले उपत्यकामा सहुलियतका चौपाया नल्याउने निर्णय गरेका हौँ।’

गत वर्ष कम्पनीले अनलाइनबाट समेत खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि बुकिङ खुला गरेको थियो। निरन्तर वर्षाका कारण सडक अवरुद्ध हुँदा बुकिङ रद्द गर्नुपरेको पृष्ठभूमिमा कम्पनीले यस वर्ष सुरुमै चौपाया नबेच्ने निर्णय लिएको हो।दसैँका बेला काठमाडौँ उपत्यकामा मात्रै करिब ३५ देखि ४० हजार खसी, बोका र च्याङ्ग्राको माग हुने गरेको व्यवसायीहरू बताउँछन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports