सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिमरामा आज पनि कर्फ्यू आदेश जारी

1.34K
shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।

बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप भएको थियो । झडपका कारण सिमरा बजार क्षेत्र तनावग्रस्त बनेको थियो । एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच विवाद भएको थियो । स्थिति थप बिग्रन नदिनका लागि स्थानिय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यू लगाएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports