नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नु पर्छ : प्रधानमन्त्री कार्की

1.73K
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नु पर्ने बताएकी हुन् ।‘गरिबी रहँदासम्म समानता हुँदैन । खान छैन भने घरमा के को समानता?’ उनले भनिन्, ‘पहिले गरिबी हटाउनुपर्‍यो । रोजगारी सिजर्ना गर्नुपर्‍यो । महिलाले पनि रोजगारी गर्न पाउनु पर्‍यो । त्यसपछि मात्र हिंसाको अन्त्य हुन्छ, समानता आउँछ ।’

मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानु परिरहेको बताएका प्रधानमन्त्रीले भनिन्, ‘रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ । यसको अन्त्य हुनु पर्‍यो ।’गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्तिहरूमा महिलालाई प्राथमिकता दिएको बताइन् । तर, महिलालाई नियुक्ति गर्ने भन्दैमा वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा भए तिनलाई अवसरबाट बञ्चित नगरिने उनले बताइन् ।

‘मैले सरकारमा आएपछि नियुक्ति गर्दा महिला खोज्ने गरेको छु । तर, वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा छन भने तिनलाई अवसर नदिने कुरा पनि भएन,’ उनले भनिन्, ‘तर, जहाँ महिलालाई अग्रणी भागमा ल्याउन सकिन्छ, त्यहाँ महिलालाई ल्याउने गरेका छौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports