प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६८ दल दर्ता
वि.सं.२०८२ मंसिर ९ मंगलवार १५:२७
shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६८ दल दर्ता भएका छन् । मंगलबार मात्रै नेकपा एमालेले समेत दल दर्ता गराएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएकामध्ये ६८ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए । मंसिर १० गते सम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता जारी रहने उनले बताए ।निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गर्ने प्रयत्न गरिरहेको भन्दै प्रवक्ता भट्टराईले दलहरुको अधिकतम सहभागीताले निष्पक्ष निर्वाचनलाई थप सुनिश्चित गर्ने वातावरण निर्माण हुने उल्लेख गरे ।
उनले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयको तर्फबाट ४ अर्व ९६ करोड रुपैया बजेटको स्रोत सुनिश्चिता भएको जानकारी दिए ।






































