प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज रामकलेवासँगै विवाह पञ्चमी समापन हुदैँ

1.52K
shares

जनकपुरधाम । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झनामा जनकपुरधामा मनाइने विवाह पञ्चमी महोत्सव आज सकिँदैछ ।

विवाहपञ्चमीको खास दिन मंगलबार स्वयम्बर र विवाह सम्पन्न भएपछि विवाह पञ्चमीको साताव्यापी कार्यक्रम सकिन लागेको हो ।आज भारतबाट आएका पाहुनालाई बिदा गरिएपछि विवाहपञ्चमी महोत्सव सकिने छ । भारतबाट आएका पाहुनालाई बिदा गरिने कार्यलाई रामकलेवा भनिन्छ । आज बुधबार रामकलेवा हुँदैन ।
मंगलबार विवाह पञ्चमीको खास दिन जानकी मन्दिरबाट माता सीताको डोला र राम मन्दिरबाट भगवान् रामको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदानमा परम्परागत विधिअनुसार परिक्रमा गराई स्वयम्बर गरिएको छ ।डोलासँगै लाखौँ श्रद्धालु जनकपुर नगर परिक्रमा यात्रामा सहभागी भएका थिए । स्वयम्बरका क्रममा आकाशबाट हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो ।

जानकी मन्दिर र राम मन्दिरमा रहेका भगवानको मालालाई एक अर्कामा फेरि गराउँदै नगर परिक्रमा गराइएको थियो । नगर परिक्रमामा लाखौँको संख्यामा श्रद्धालुको सहभागिता थियो ।नगर परिक्रमा जनकपुरधामको विभिन्न मठमन्दिरको डोलाका साथै साधुसन्तको समेत सहभागिता रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports