नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमान्डुको दोस्रो जित

962
shares

काठमाडौं । काठमान्डुका लागि स्पीन बलरहरू चम्किँदा योगफल डिफेन्ड नै भयो र काठमान्डुले दोस्रो जित हात पार्‍यो ।

काठमान्डु गोर्खाजले चौथो खेलमा दोस्रो जित हासिल गर्दै ४ खेलमा २ जित सहित ४ अंक बनाएको छ। कप्तान करण केसीले ११ बलमा ३४ रन नटआउट खेल्दै प्लेयर अफ द म्याच घोषित हुनुभयो। काठमान्डुका स्पीनरहरूले १० विकेट मध्ये ६ विकेट लिएर लुम्बिनीलाई १५७ रनमा अलआउट गराए पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद सुरुवात गरेको अनि त्यसपछि लय गुमाएर लगातार दुई खेल हारेको काठमान्डु गोर्खाजले अन्तत: चौथो खेलमा आएर दोस्रो जित हासिल गरेको छ ।

कप्तान करण केसीको फिनिसिङ मद्दतमा औसत योगफल खडा गरेको काठमान्डुका लागि स्पीन बलरहरू चम्किँदा उक्त योगफल डिफेन्ड नै भयो र काठमान्डुले दोस्रो जित हात पार्‍यो । यो जितपछि काठमान्डुले लगातार दुई हारपछि ‘बाउन्स ब्याक’ गर्दै लयमा फर्किएको जनाउ दिएको छ ।

 

लुम्बिनीले भने दोस्रो हार बेहोर्‍यो । आजको जितपछि काठमान्डुको ४ खेलमा २ जितसहित ४ अंक भएको छ भने तेस्रो स्थानमा यथावत् छ । लुम्बिनीले ३ खेल खेल्दा दोस्रो हार बेहोरेको छ र २ अंकमा छ ।

काठमान्डुलाई राम्रो योगफलमा पुर्‍याउन फिनिसरको भूमिका खेलेका करण केसी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले बलिङमा पनि एक विकेट लिएका थिए । पछिल्ला २ खेलमा नेपाली खेलाडी नै प्लेयर अफ द म्याच भइरहेकामा आजको सहित लगातार तेस्रो खेलमा नेपाली खेलाडीहरू चम्किएका छन् ।

आजको जितपछि काठमान्डुको ४ खेलमा २ जित सहित ४ अंक भएको छ भने तेस्रो स्थानमा यथावत् छ । लुम्बिनीले ३ खेल खेल्दा दोस्रो हार बेहोरेको छ र २ अंकमा छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports