भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वैदेशिक रोजगारमा जानेको मेडिकल जाँच गर्दाको शुल्क बढयो

1.95K
shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ । मन्त्रालय बुधबार मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरुको नाममा परिपत्र गरेको हो ।

मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र गरेको छ ।पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो। अहिले फेरि मन्त्री नभएको बेलामा परिपत्र भएको हो।

यसअघि ३ हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो। तर मलेसियाको हकमा भने मेडिकल व्यावसायीले ९ हजार ८ सय रुपैयाँ लिने गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports