नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेको सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता

897
shares

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ ।

एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले हिजो (मंगलबार) सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए ।उक्त निवेदन दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै, यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी गराइएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports